२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

यातायात व्यवसायीको गुनासो : ‘बैंकको किस्ता तिर्न गाह्रो भयो’

यातायत मजदुरलाई छाक टार्न गाह्रो

दाङका यातायात व्यवसायी सुरेश हमाल र पवन बुढाथोकी ।

दाङ,
१४ असार । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दी ३ महिना भन्दा बढी भएको छ । लकडाउन केही खुकिलो भएपनि सार्वजजिक सवारी साधन चलेका छैन् । सवारी साधन ३ महिना देखि नचल्दा यातायात व्यवसायी मर्कामा परेका छन् । यातायात व्यवसायीलाई बैङकको किस्ता तिर्न निकै समस्या परेको छ, भने यातायत मजदुरलाई छाक टार्न गाह्रो परेको छ ।

यातायातका साधन नचल्दा यातायात व्यवसायीहरु ठुलोमा मारमा परेको सामाजिक सञ्जालमा पोष्ट गरेका छन । सामाजिक सञ्जालमा बैङकको किस्ता १ वर्ष पछाडि सार्न माग समेत उनीहरुले गरेका छन् । त्रिसिद्धेश्वरी राप्ति यातायात प्रालिका अध्यक्ष सुरेश हमालले आफ्नो फेसबुकमा लेख्नु भएको छ, – “सरकार हाम्रा सवारीका साधनहरु बजार मुल्य भन्दा ५०५ कम मुल्यमा खरीद गरेर सार्बजनिक सेवालाई सरकारीकरण गरेर नेपाली जनतालाई सेवा दिनु पर्यो । हामी अरु पेशामा लाग्छौं, साझा र ट्रली बसको हालत के भयो देशमा हाम्रो पीडा कस्ले बुझ्छ ।”

यस्तै तुलसीपुर यातयात प्रालिका अध्यक्ष पवन बुढाथोकीले पनि सामाजिक सञ्जालमा यातायात व्यवसायीको समस्या राख्नुभएको छ । सामाजिक सञ्जाल फेसवुकमा अध्यक्ष बुढाथोकी लेख्नुहुन्छ, –“बैंकको तनावले एउटा व्यवसायी मर्कामा परेका छन । कम्तीमा बैङकले किस्ता १ बर्ष पछाड़ी सार्नु पर्छ । यो अवस्थामा थोरै मान्छे हालेर सामाजिक दूरी कायम गर्दै थोरै मान्छे हालेर गाडी कुनै हालतमा चलाउन सक्दैनौं । व्यवसायीहरू बरु गाडीको चाबी बैंकलाई दिन तयार छन ।”