२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

प्यूठानमा २९ जना नयाँ कोरोना संक्रमित थपिए

जिल्लाभर संक्रमित हुनेको संख्या २ सय ९५ पुग्यो

प्यूठान, 
१४ असार । प्यूठानमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय प्यूठानले दिएको जानकारी अनुसार आइतबार थप २९ जना संक्रमित थपिएका हुन् ।

प्यूठान नगरपालिकामा ४ , मल्लरानी गाउँपालिकामा ७, माण्डवी ६, सरुमारानीमा ५ र स्वर्गद्धारी नगरपालिकामा ७ जना गरी कुल २९ जनामा कोरोना पुष्टि भएको ‍हो ।

संक्रमित हुनेहरु १४ देखि ६२ वर्ष उमेर समूहका छन् । हालसम्म जिल्लाभर संक्रमित हुनेको संख्या २ सय ९५ पुगेको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन एवं जनस्वास्थ्य निरिक्षक पुष्कल श्रेष्ठले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहमा कोरोना संक्रमित देखिएका छन् । संक्रमितमध्ये दुईजना निको भएर घर फर्किएका छन्।