२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

तरकारी पकेट विकास कार्यक्रमको सार्वजनिक सुनुवाई

बबई, 
१४ असार । बबई गाउँपालिका वडा नं ७ झारगजेरीमा कृषि ज्ञान केन्द्रको अनुदानमा सञ्चालित तरकारी पकेट विकास कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

तरकारी पकेट विकास कार्यक्रमका अध्यक्ष सिला चौधरीको अध्यक्षता एवम वडा नं ७ वडा अध्यक्ष महाविर चौधरीको प्रमुख आतिथ्यमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्रको १४ लाख अनुदान र स्थानिय कृषकको १४ लाखमा सञ्चालित सो कार्यक्रममा २८ लाख वरावरको खर्च सचिव टोप वहादुर चौधरीले सार्वजनिक गर्नुभएको थियो ।

सचिव चौधरीका अनुसार कृषिमा आवश्यक पर्ने टनेल, पानी तान्ने मोटर, विउविजन, औषधी, तरकारी संकलन भवन लगायतमा २८ लाख खर्च गरिएको हो । तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत आलु, टमाटर, गोपी, काउली, वोडी, खुर्सानी लगायत विभिन्न तरकारी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्रको अनुदानमा सञ्चालित तरकारी पकेट विकास कार्यक्रमले झारगजेरीका स्थानिय कृषकलाई आधुनिक तरकारी खेती गर्न उत्साह दिएको सचिव चौधरीले बताउनु भयो ।

परम्परागत तरकारी खेती गर्दै आएका कृषकहरुले आधुनिक तरकारी खेती गरेर आम्दानी गर्ने गरेको उहाँले बताउनु भयो ।
सो कार्यक्रममा वडा नं ७ का सचिव मान वहादुर बस्नेत, वडा सदस्य लाल बहादुर बस्नेत, मनोपरामर्शक वालाराम महतरा, रेडियो हापुरेका हिमाल विक लगायतको सहभागीता रहेको थियो ।