दिप्तीशिखा चौधरी,
दंगीशरण १४ असार । दंगीशरण गाउँपालिका वडा नं ५ ले अति विपन्न दलीत वर्गहरुलाई ग्यास चुलो वितरण गरेको छ ।
आज आईतबार एक कार्यक्रमका बिच उनीहरुलाई ग्यास चुलो वितरण गरिएको हो । वडामा रहेका दलीत वर्गहरु मध्यमा ग्यास चुलो नभएकाहरु लाई मात्र वितरण गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७५÷०७६ को कार्यक्रम अनुसार ७५ प्रतिशत अनुदानमा ग्यास चुलो वितरण गरिएको वडा अध्यक्ष गौतमले जानकारी दिनुभयो । सबै दलीत घरपरिवारलाई ग्यास सेट वितरण गर्ने लक्ष्य रहेपनि धेरैको घरमा ग्यास चुलो भएकाले वडाका ११ घर परिवारलाई मात्र वितरण गरिएको अध्यक्ष गौतमले बताउनुभयो।
वडाले विपन्न घरपरिवारलाई प्राथिमकता राख्दै उनीहरुको माग अनुसार कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । वडाले ग्यास चुलो वितरण गरेपछि वडाका दलीत घरपरिवार खुसी भएका छन् ।
वडाले वडाबासीहरुको माग अनुसार कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका गरेका थिए ।