२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बर्दियामा पाटे बाघको आक्रमणबाट दुई जना घाइते

प्रतिकात्मक तस्वीर ।

बर्दिया, 
१५ असार । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट आइतबार राजापुर नगरपालिका १० का दुई जना घाइते भएका छन्।

बाघको आक्रमणबाट बर्दिया राजापुर नगरपालिका १०– लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए।

गाउँ नजीकै भैँसी चराउँदै गर्दा लालपुरका मोहनलाई आइतबार बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसँगै पुगेका मझेराका दयारामलाई दिउँसो बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणमा परी मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चोट लागेको छ। दयारामको भने टाउको र दुवै कञ्चटमा गम्भीर चोट लागेको छ।

घाइते दुबैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको कोठियाघाट प्रहरी चौकीले जनाएको खबर सेतोपाटीमा प्रकाशित छ।