२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

तुलसीपुरको मानपुरे कुलोमा डुबेर २ बर्षीया बालिकाको मृत्यु

प्रतीकात्मक तस्वीर ।

तुलसीपुर,
असार १५ । कुलोमा डुवेर दूई बर्षीया शिशुको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी एमुना विककी २ बर्षीया छोरी एलिना विकको मानपुरे कुलोमा डुवेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले एलिना खेल्दै गर्दा आइतवार बेलुका ८ बजेतिर कुलोमा डुवेको हुन सक्ने आशंका गरिएको बताए । उनको शव घटनास्थल भन्दा एक किलोमिटर दक्षिणमा राति साढे १० बजेतिर मात्रै फेला परेको उनले जानकारी दिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीस्थित मानपुरे कुलोसंगै सटेको आशाराम विकको घरमा उनीहरु कोठा भाडामा बस्दै आएका थिए । बालिकको शव अझैं कुलोमै रहेको छ ।

सल्यानवाट बालिकाका आफन्त तथा अभिभावक आउँदै गरेको र उनीहरुले शव नउठाउन आग्रह गरेको हुँदा शव नउठाइएको प्रहरीले बताएको छ ।