२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

योजनाबारे छलफल तथा निरीक्षण गर्दै सांसद शंकर गिरी

तुलसीपुर,
१५ असार । प्रदेश नम्बर ५ का माननिय सांसद शंकर गिरिले आफ्नो सिफारिसमा परेका योजनाहरुलाइ प्रभावकारि रुपमा अगाडी बढाउन स्थानीयहरुसंग छलफल शुरु गर्नुभएको छ ।।

माननिय सांसद गिरिले तुलसीपुर ११ स्थित प्रिगाउमा रहेको महेश्वर शिब मन्दिरको निरीक्षण तथा स्थानीय बयोबृद्ध, समाजसेबी तथा स्थानीयहरुसंग भेटघाट गरि योजनालाइ प्रभावकारि बनाउने विषयमा छलफल गर्नुभएको हो। प्रत्यक प्रदेश सांसदको सिफारिसमा पहिलो चरणमा रु ६० लाखका दरले योजनामा बजेट बिनियोजन गर्ने प्रदेश सरकारको निर्णय अनुशार उक्त मन्दिरमा गिरिको सिफारिसमा १० लाख रुपैयाँ बिनियोजन भएको हो ।

नेपाली काङ्ग्रेस नेता समेत रहेका सांसद गिरी, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ ख का सभापति खिम बहादुर वली, तुलसीपुर ११ नम्बर वडा सदस्य सुबास डाँगी लगायतको टाेलिले उक्त मन्दिरको स्थलगत निरीक्षणका साथै मन्दिरमा उक्त बजेट के के काम गर्ने भन्ने बारे छलफल गरिएको हो ।

प्रदेश सरकारले बिनियोजन गरेका योजनाहरु पालिका र वडाले सम्बन्धीत सांसदसंग सहकार्य गरेर कार्यान्वयन गर्ने प्राबधान छ । सांसद गिरिले पहिलो चरणका योजना अन्तर्गत पश्चिम् दाङका ६ वटा योजना सिफारिस गरि बिनियोजन भएको छ । अन्य सबै योजनाको निरीक्षण तथा उपभोक्ताहरुसंग भेटघाट गरि योजना प्रभाबकारी बनाउन लागी पर्ने उहाँको भनाइ छ ।

गिरीले यि बाहेक अन्य योजनाहरु यो क्षेत्रमा पार्नका लागी सम्बन्धीत मन्त्रीहरु र उच्च तहका कर्मचारिहरुसंग निरन्तर भेटघाट तथा छलफल भैरहेको जानकारी समेत दिनुभयो । उहाँले बजेटको सहि सदुपयोगका लागी स्थानीयहरुसंग अनुरोध समेत गर्नुभयो ।