२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

सल्यानमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबू पक्राउ

फाइल तस्बिर ।

सल्यान,
१५ असार । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सल्यानमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको शारदा नगरपालिका–१२ का ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा सल्यान प्रहरीले पक्राउ गरेकाे हाे ।

घरमा कोही नभएको मौका छोपेर पटक पटक ती पुरुषले छोरीलाई बलात्कार गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनलाई घर नजिकैबाट पक्राउ गरिएको उनले बताएका छन।बैशाख महिना देखि नै विभिन्न डर त्रास देखाइ करणी गरी रहेको प्रहरीकाे भनाइ छ ।

पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ । उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिए ।

१३ बर्षिया ती बालिकालाई मेडिकल जाँचपछि अहिले घरमा पठाएको प्रहरीले बताएको छ।