२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

रुपन्देहीमा भएको सवारी दुर्घटनामा बाबु छोराको मृत्यु

सांकेतिक तस्वीर ।

बुटवल, 
१५ असार । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैनाको रामापुर कलौनि शान्तिचोकमा सोमबार दिउँसो भएको सवारी दुर्घटना घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सैनामैना नगरपालिका– १ का ५० वर्षीय टेक बहादुर परियार र उनका ३० वर्षीय छोरा सन्तोष परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिहं राठैरले बताए ।

बुटवलबाट पश्चिम आउदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार एक आपसमा ठक्कर सो दुर्घटना भएको थियो ।