२०७८ मङ्सिर ८ गते बुधवार
२०७८ मङ्सिर ८ गते बुधवार

देशभर कोरोना जित्नेको संख्या ३ हजार १३४ पुग्यो

फाइल तस्वीर ।

काठमाडौं, 
१५ असार । थप १ सय २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी मुलुकभर १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोनाबा निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण भएका छन् । २४ घण्टामा १ हजार ८२२ आरडीटी परीक्षण भएका छन् ।

पीसीआर विधिबाट भने हालसम्म २ लाख २३ हजार ६३० परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ७ हजार ७९१ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३६८ जना रहेका छन् ।त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १० हजार ८५ जना रहेको छ ।