२०७८ मङ्सिर ३ गते शुक्रवार
२०७८ मङ्सिर ३ गते शुक्रवार

कोरोनाबाट अछुतो रहेन दंगीशरण

दिप्तीशिखा चौधरी,
दंगीशरण असार १५ । दंगीशरण गाउँपालिकामा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पालीकाका दुई जनामा संक्रमण भेटिएको पुष्टि भएको हो । दंगीशरण गाउँपालिका वडा न.५ र ६ का दुई जना महिलाहरुमा कोरोना संक्रमण भेटिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए ।

उनीहरु भारतबाट आएको खुलेको छ । उनीहरुलाई दंगीशरण गाउँपालिका विरेन्द्र माविको क्वारेन्टाईनमा राखिएको थियो । यहि असार ५ गते गाउँपालिकाको दुई क्वारेन्टाईनमा रहेका ६५ जनाको स्वाव परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएकोमा दुई जनाको रीपोर्ट पोजेटिभ आएको गिरीले बताए ।

उनीहरुलाई आज नै बेलझुण्डी पठाउने तयारी भईरहेको छ । दंगीशरणको दुई क्वारेन्टाईनमा गरी अहिले ९२ जना रहेका छन् । दंगीशरण्को क्वारेनटाईनमा भर्ना हुनेको संख्या २ सय ८३ जना पुगेको छ ।