दाङ,
१५ असार । रोटरी क्लव अफ दाङले सरस्वती माध्यमिक विद्यालय भरतपुर काठेकोहललाई पानी शुद्धिकरण मेशिन सहयोग गरेको छ । सोमवार विद्यालयमा भएको एक कार्यक्रममा क्लवले विद्यालयलाई पानी शुद्धिकरण मेशिन हस्तान्तरण गरेको हो ।
रोटरी क्लव अफ दाङका पूर्व अध्यक्ष सनदकुमार श्रेष्ठ सहितको टोलीले विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिवेक श्रेष्ठ र प्रधानाध्यापक बसन्ता पौडेललाई पानी शुद्धिकरण मेशिन हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै रोटरी क्लव अफ दाङका पूर्व अध्यक्ष सनदकुमार श्रेष्ठ सामाजिक उत्तरदायित्वबोध गरी विद्यार्थीहरुलाई शुद्ध पानी पिउन पाउन भन्ने उद्देश्य अत्याधुनि पानी शुद्धिकरण मेशिन हस्तान्तरण गरिएको बताएका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठले विद्यालयलाई शुद्धिकरण मेशिन हस्तान्तरण गरेकोमा अभार ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले सहयोग प्राप्त मेशिनको समूचित प्रयोग गरी यसबाट सवै विद्यार्थी, शिक्षक र कर्मचारीलाई शुद्ध पिउने पानी खाने ब्यवस्था गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, शिक्षा, युवा तथा खेलकुद महाशाखाका घोराही उपमहानगरपालिकाका शाखा अधिकृत नारायणप्रसाद पौडेल, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष र सदस्यहरु तथा रोटरी क्लव अफ नेपाल दाङका महासचिव प्रदिप मज्गैया, सदस्यहरु रोशन दाहाल, प्रदिप सुवेदी, गजेन्द्र बर्मा र बसन्तराज अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।