२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सांसद केसीद्वारा दंगीशरणको कोरोना कोषमा सहयोग

 दिप्तीशिखा चौधरी, 
दंगीशरण १५ असार । दाङ क्षेत्र नं. ३ का प्रतिनीधि सभाका माननीय हिराचन्द्र केसीले दंगीशरण गाउँपालिकाको कोरोना कोषका लागि सहयोग रकम हस्तानतरण गरेका छन् ।

आज सोमबार सांसद केसीले गाउँपालिकाको कोरोना कोषका लागि ११ लाख ४६ हजार ६१ रुपैँया सहयोग स्वरुप रकम हस्तानतरण गरेको सांसद केसीका स्वकिय सचिव सन्तोष वलीले जानकारी दिएका छन् ।

स्थानीय पूर्वाधार विकाश कार्यक्रम अन्र्तगत चितानपुर लिफ्ट सिचाई आयोजनामा टेण्डर गर्दा बचेको सो रकम दंगीशरण गाउँपालिकाको कोरोना कोषका लागि सहयोग गरीएको हो । विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोनाको बिषम परिस्थीतीमा पालीकालाई राहत होस् भन्ने उद्धेश्यले जिल्ला बाहिर रहेपनि माननीय सांसद केसीले भने बमोजिम सो रकम सहयोग स्वरुप हस्तानतरण गरेको स्वकिय सचिव वलीले बताए ।

माननीय सांसद केसीको यो सहयोगबाट पालीकालाई ठूलो राहत उपलब्ध भएको भन्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले धन्यवाद ज्ञापन गरेका छन् । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले स्थानीय तहलाई विभीन्न ब्यक्ति तथा संघ सस्ंथाले गर्दै आएको सहयोगले कोभिड १९ का कार्यक्रम तथा ब्यवस्थापन गर्नमा सहज भएको बताए छन् ।