२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

प्युठानमा पनि पुग्यो सलह किरा

फाइल तस्वीर ।

प्युठान,
१५ असार । पाकिस्तानबाट भारत हुँदै नेपाल भित्रिएको सलह प्युठानमा पनि देखिएको छ ।

ऐरावती गाउँपालिका वडा नम्बर ६, बिजुली महेन्द्रदिपका किसान तथा वडाका जनप्रतिनिधि यामबहादुर गुरुङले सोमबार दिउँसो सलहको सानो झुण्ड अर्घाखाँची हुँदै प्युठान आएको बताए ।
उनले सलहको सानो झुण्ड अर्घाखाँची हुँदै गाउँ पसेर केहीबेर मकैबालीमा बसेको र केहीलाई स्थानीयले मारेको र आगो बालेर थाल थटाएर भगाएको बताए ।

गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले किसानले गाउँमा सलह आएको जानकारी गराएको बताए । उनले किसानहरुको जानकारी अनुसार गाउँपालिकाले प्रदेश सरकारसङ्ग समन्वय गरी सरकारको नीति अनुसार सलहको रोकथामकालागि काम गरिने बताए ।