२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

घरको छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु

प्रतीकात्मक तस्वीर ।

बुटवल, 
१६ असार । खेल्ने क्रममा घरको छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु भएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका छोरा अजयको घरको छतबाट खस्दा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

एक तले घरको छतबाट खसेका अजयको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो ।