२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

शान्तिनगरमा एम्बुलेन्स चालकलाई पनि कोरोना संक्रमण

सांकेतिक तस्वीर ।

तुलसीुपर,
१६ असार । दाङमा एकजना एम्बुलेन्स चालकलाई पनि कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

शान्तिनगर गाउँपालिका वडा नं. ७ धनौरीस्थित दुबीचौर क्वारेन्टिनमा खटिदै आएका ३२ बर्षीय एम्बुलेन्स चालकलाई संक्रमण फेला परेको हो । दाङमा एम्बुलेन्स चालकलाई संक्रमन पुष्टि भएको यो नै पहिलो घटना हो ।

गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले संक्रमित एम्बुलेन्स चालक क्वारेन्टिनका मानिसहरु ओसार्ने कार्यमा खटिदै आएको जानकारी दिए

शान्तिनगरमा सोमबारसम्म जम्मा ७ जना संक्रमित फेला परेका छन् । त्यसमा २ महिला र ५ पुरुष रहेका छन् ।