दाङ,
१६ असार । दाङमा जंगली च्याउ खाएर ठूलो संख्यामा विरामी पर्न थालेका छन् । बर्षामौषममा जंगल पाइने विषालु च्याउन खादा विरामी पर्नथाले पछि दाङ प्रहरीले जंगली च्याउ खान रोक लगाएको छ ।
सोही क्रममा आज अम्बिकेश्वरी प्रहरी चौकीले झन्डै १५ केजी च्याउ नियन्त्रणमा लिएर जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरि कार्यालय दाङले जनाएको छ ।
विषालु जंगली च्याउले ज्यानै पनि जान सक्ने भएकाले जंगली च्याउ नखान र सजगता अपनाउन जिल्ला प्रहरी कार्यालय दाङले सबैमा आग्रह गरेको छ ।