२०८१ बैशाख १३ गते बिहिवार
२०८१ बैशाख १३ गते बिहिवार

घाइते वडाध्यक्ष डाँगीलाई काठमाडौं लैजाने तयारी

शान्तिनगर, 
१६ असार । आज्ञात समूहको निर्घात कुटपिटबाट घाइते शान्तिनगर वडा नं २ वडाअध्यक्ष फर्साराम डाँगीलाई काठमाण्डौ लैजाने तयारी गरिएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भएको शान्तिनगर गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष डाँगीको अवस्था हालसम्म गम्भिर रहेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो । आज साढे ११ बजे तिर ५/६ जनाको समूहमा आएको अज्ञात समूहले वडा अध्यक्षको कार्यकक्षमै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा गम्भिर चोट लागेको छ । अज्ञात समूहको खोजी कार्य जारी राखिएको प्रहरी जनाएको छ ।

घटनास्थलमा नेपाल कम्युनिष्ट पार्टिको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ ।