२०८१ बैशाख १ गते शनिवार
२०८१ बैशाख १ गते शनिवार

अन्तरक्रिया कार्यक्रम सम्पन्न

फुलवारी,  
असार १६ । अस्थाई प्रहरी पोष्ट दमारगाउँको आयोजनामा शान्ति सुरक्षामा हाम्रो भुमिका विषयक अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ ।

अस्थाई प्रहरी पोष्ट दमारगाँउका प्रमुख खड्गबहादुर बुढाको अध्यक्षता, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहको प्रमुख आतिथ्य तथा तुलसीपुर उपमहानगरपालिका १३ का वडा अध्यक्ष डम्बरबहादुर न्यौपानेको विशिष्ट आथित्यतामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सहभागिले उठाएका जिज्ञासा माथी प्रकास पार्दै प्रहरी नायव उपरिक्षक सिंहले प्रत्येक नागरिक प्रहरी वन्न सुझाव दिनुभएको थियो । प्रत्यक नागरिकले आफ्नो परिवार सुरक्षित राखे समाज सुरक्षित हुने भन्दै शान्ति सुरक्षामा नागरिकको महत्वपुर्ण भुमिका रहने उहाँले वताउनुभयो । ‘म डिएसपि भन्दा पनि हजुरहरुको छोरा, भतिजा, दाइभाइ भएर समाजमा आएको छु’ सिंहले भन्नुभयो । हजुरहरुले पनि कुनै हिचकिच विना नै समस्याका वारेमा प्रहरीलाई जानकारी गराउनु होस् ।

कार्यक्रममा वडा अध्यक्ष डम्वरबहादुर न्यौपाने, रेडक्रस जिल्ला सदस्य हरीहर पौडेल, वडा सदस्य कमला केसी, समाजसेवी तिलकराम रेग्मी, अपर्णा पौडेल, नेकपाका बाबुराम विक, कांग्रेसका इन्द्रमणी रजौरे लगायतले अस्थाई प्रहरी पोष्टलाई स्थाई गराउनु पर्ने, प्रहरी दरवन्दी थप गर्नुपर्ने, गस्ति बढाउनु पर्ने माग राखेको थिए ।