२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

तुलसीपुरका एक वडाध्यक्षमा कोरोना पुष्टि, वडा कार्यालय सिल

सांकेतिक तस्वीर ।

तुलसीपुर, 
१६ असार । तुलसीपुर उपमहानगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गरिएको स्वाब संकलनमा ५८ वर्षिय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको हो ।

उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले पोजेटिभ देखिएको खवर पाए लगत्तै वडा कार्यालय सिल गरिएको बताए । उनले सम्पर्कमा आएकाहरुको स्वाब संकलनको काम समेत अगाडि वढेको वताए ।

संक्रमित वडाध्यक्षले आफुलाई कुनै पनि लक्षण नदेखिएको र स्वस्थ रहेको जानकारी दिएका छन् ।

तुलसीपुरमा जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।