दिप्तीशिखा चौधरी,
दंगीशरण १६ असार । दंगीशरण गाउँपालिका वडा नं. ७ ले फोहोर ब्यवस्थापनका लागि डस्टविन तथा ड्रम वितरण गरेको छ ।
वडाका विभीन्न संघसंस्था तथा टोलहरुमा डस्टविन तथा ड्रम वितरण गरेको हो । वडालाई फोहोरमैला मुक्त वडा बनाउने उद्देश्यले ड्रम तथा डस्टविन वितरण गरेको वडा अध्यक्ष विर बहादुर वलीले जानकारी दिए ।
बाटोमा हिँडडुल गर्ने नागरीक साथै टोलटोलका नागरीकहरु फोहोरमैला जथाभावि नफालेर ड्रममै व्यवस्थापन गरुन भनेर टोलका चौक चौकमा फोहोर अट्ने सक्ने ड्रम राखीएको वडा अध्यक्ष वलीले बताए ।
दंगीशरणलाई शुन्दर र फोहोरयूक्त गाउँपालिकाको रुपमा परिचित गराउनका लागि वडा बाटै फोहोर ब्यवस्थापन कार्यक्रमलाई अधि बढाएको अध्यक्ष वलीले बताए ।
यस्तै बिधालय तथा स्वास्थ्य कार्यालयमा पनि जथाभावि फोहोर फाल्नाले वातावरण नै प्रदुशित देखीने भएकाले डस्टविन उपलब्ध गराएको उनले बताए । वडाको सिम्ठाना चौक, वडा कार्यालयको चौक, सिम्ठानी थारु गाउँचौक, मन्त्री डाँडा चौक, गोरक्ष चौक, वुटनिया थारु गाउँ चौक लगाएत वडाका १८ वटा चौकमा फोहोर व्यवस्थापनका लागि ड्रम राखीएको छ, भने वडामा रहेका बिधालय र स्वास्थ्य कार्यालयमा डस्टविन उपलब्ध गराईएको छ ।
आर्थीक बर्ष २०७६/०७७ को सामाजीक विकास कार्यक्रम अन्र्तगत सरसफाई अभियान कार्यक्रमको ड्रम वितरण कार्यक्रम अनुसार डस्टविन र ड्रम वितरण गरिएको सचिव दिपक केसीले जानकारी दिए ।