२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

प्यूठानमा सलहले मकैबाली नष्ट, किसान चिन्तित

प्यूठानमा मकैबालीमा बसेका सलह । तस्बिर : अन्नपूर्ण पोष्ट ।

प्यूठान, 
१६ असार । प्यूठानको आकाश सलहले ढाकेको छ । जिल्लाका प्राय सबैजसो क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको छ । मंगलबार बिहानदेखि फैलिएको सलह अझैसम्म बालीमा देखिएको छ ।

तराई क्षेत्रमा देखिएको सलह गाउँगाउँमा पनि फैलिएपछि किसान चिन्तित बन्दै गएका छन् । बारीमा भएको मकैभरि छलहले ढाकेको किसानहरुले बताएका छन् ।

आगो बाल्ने, थाल ठटाउने जस्ता तरिका अपनाए पनि सलह नभागेको झिमरुक ५ दारीमचौरका स्थानीय हुकुम बहादुर खड्काले बताए । सहल भगाउन किसानहरुलाई हम्मेहम्मे परिरहेको उनले प्रतिक्रिया दिए । प्यूठान नगरपालिका क्षेत्रको झिमरुक फाँट, मल्लरानी, झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रको आकाशमा यो धेरै फैलिएको छ ।

कोरोनाकै तनावका बीचमा भित्रिएको सलहले हुर्कंदै गरेको मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने चिन्तामा किसान छन् । क्षतिको एकिन तथ्यांक संकलन गरी किसानहरुलाई राहतका कार्यक्रम ल्याउन किसानले सरकारसँग आग्रह गरेका खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।