२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

घोराही, तुलसीपुर र शान्तिनगरमा गरी २१ संक्रमित थपिए

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान । दाङ

दाङ, 
१६ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाका एक वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले मंगलवार सार्वजनिक गरेको पीसीआर परीक्षणमा वडा अध्यक्षसहित दाङमा थप २१ जनामा कोरोना पुष्टि भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्षमा कोरोना पुष्टि भएको हो ।

मंगलबार तुलसीपुरका ६ जना, शान्तिनगरका ४ जना र घोराहीका ११ जनामा कोरोना पुष्टि भएको हो। सल्यानका दुईजनामा पनि कोरोना पुष्टि भएको छ ।

दाङका १० वटै स्थानीय तहका ५८८ जनामा कोरोना देखिएको छ ।