२०८१ बैशाख २ गते आइतवार
२०८१ बैशाख २ गते आइतवार

अछामका ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

सांकेतिक तस्बिर ।

कैलाली, 
१६ असार । सुदूरपश्चिम प्रदेशमा थप १ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । ती व्यक्तिमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए।

असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।

आकस्मिक कक्षमा उपचारको क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । साथै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।