२०८१ बैशाख १ गते शनिवार
२०८१ बैशाख १ गते शनिवार

शान्तिनगरका एक युवाको शव पानीको कुवा भित्र फेला

सांकेतिक तस्वीर ।

दाङ, 
१६ असार । दाङमा पानीमा डुबेर एक युवाको मृत्यु भएको छ ।

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार अछाम जिल्लाको रामारोसन गाउँपालिका वडा नं. ३ घर भई दाङ शान्तिनगर गाउँपालिका वडा नं. ६ डाँडा तिलवारी बस्दै आएका लोकबहादुर शाहका २६ बर्षीय छोरा सुरज शाह पानीमा डुबेको अबस्थामा फेला परेका छन् ।

प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारका अनुसार सोमबार सोही ठाउँ निवासी उनका साथी बिश्वराज आचार्यको घरमा गएका उनी सोही दिन साँझ ५ बजे संगै खान खाएर सुतेको र मंगलबार मृत भेटिएको प्रहरीले बताएको छ ।

राति सुतेको कोठामा संगै नदेएपछि खोजतलास गर्दा सोही आचार्यकै घर अगाडी रहेको अनदाजी १५ मिटर गहिरो पानीको कुवा भित्र फेला परेको प्रहरीले बताएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको छ ।