२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

सलहले आधा घण्टामै सक्यो देउखुरी क्षेत्रको मकै

देउखुरी,
१६ असार । दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ ।

मंगलबार दिउँसो राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् ।

सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२ बराखुटीका किसान वासुदेव न्यौपानेले बताए । उनका अनुसार करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै मकैबारी उजाड बनाएर हिँडेको छ ।