दाङ,
१६ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आपराधिक मनोबृत्ति भएका व्यक्तिहरुले शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि गरेको आक्रमणको निन्दा गर्दै अपराधीलाई तत्काल पक्राउ गरी कानुनी राज्यको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आफ्नै निर्वाचन क्षेत्रमा वर्तमान सरकारले आपराधिक गतिविधि नियन्त्रण गरी सुशासन कायम गर्न नसकेको भन्दै गिरीको विज्ञप्तिमा सरकार शान्तिसुरक्षा कायम गर्ने सवालमा पूरै असफल भएको उल्लेख गरिएको छ ।
‘दशबर्षे द्वन्द्वकालको सामना गर्दै सबै नागरिकलाई समानरुपमा सम्मान गर्दै मुलुक भर्खरै आर्थिक समृद्धि र सुशासनको बाटोमा लम्किरहेको अवस्थामा एउटा जनप्रतिनिधिमाथि दिनदहाडै भएको आक्रमणमा पनि सुरक्षा फितलो हुनु दुर्भाग्यको अवस्था हो’, केन्द्रीय सदस्य गिरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
साथै आक्रमणमा घाइते डाँगीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
यसैबिच वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै भएको आक्रमणको तरुण दल दाङले निन्दा एवं भत्र्सना गरेको छ ।
तरुण दल दाङका अध्यक्ष टिका घर्तीले तुरुन्त अनुसुन्धान गरी दोषि पत्ता लगाई कानुनी कारबाही गर्न सम्बन्धि पक्ष सग माग गरेका छन । घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन।
कार्यकक्षमै जनप्रतिनिधिमाथि भएको आक्रमणको जति निन्दा र भत्र्सना गरेपनि अभ्यक्ष घर्तीले बताउनुभयो ।
यस्तै नेपाली काँग्रेसका नेता केशव आचार्यले कार्यकक्ष भित्रै ज्यान लिने उदेश्यका साथ भएको आक्रमणको निन्दा एवं भत्र्सना गर्नु भएको छ । नेपाली कांग्रेसको कार्यकर्ता माथि भएको घटनाले आफु दुखि भएको र दोषिलाई कारबाहीको माग गर्नु भएको छ ।