२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं, 
१७ असार । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा छन्त्यालको निधन भएको काँग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् ।

उनी यतिबेला संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्यसमेत थिइन् । २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्त्याल काँग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।

बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो काम गर्दै आएकी थिइन् । छन्त्याल नेपाल महिला संघ बागलुङको पूर्व जिल्ला उपसभापतिको समेत थिइन् ।

उनी काँग्रेस महाधिवेशन प्रतिनिधि पनि थिइन् ।

बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।