फाइल तस्बिर ।
तुलसीपुर,
१७ असार । शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलवार राति ती तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ४ घरभई हाल तुलसीपुर उपमहानगरपालिका ५ मासुमार्केट बस्ने भिमबहादुर शाहीका २९ बर्षीय छोरा अर्जुन शाही, शान्तिनगर गाउँपालिका वडा नं.२ सिमसुन्दर बस्ने ५१ बर्षीय ईन्द्रबहादुर वली र शान्तिनगर गाउँपालिका वडा नं. ३ भलानेटी निवासी ३८ बर्षीय रेशमबहादुर विक रहेका छन् ।
प्रहरी नायब उपरीक्षक सिंहले पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको बताए ।
मंगलवार विहान वडाध्यक्ष फर्साराम डाँगीमाथि एक अपरिचित समुहले कार्यकक्षै प्रवेश गरि लाठी तथा रडले आक्रमण गरि सक्त घाइते बनाएको थियो ।
घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि मंगलवार नै थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ ।