२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

वडाअध्यक्ष डाँगी खतरामुक्त


शान्तिनगर,
१७ असार । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको कुटपिटबाट घाइते शान्तिनगर वडा नं २ वडाअध्यक्ष फर्साराम डाँगी खतरामुक्त भएका छन् ।

काठमाण्डौको ह्याम्स हस्पिटलका उचारर्थ वडाध्यक्ष डाँगीको टाउँकाको वाहिर भागमा मात्र चोट लागेको र दाँया खुट्टा अनि बाँया हात फ्याक्चर भएको नेपाली काङग्रेसका केन्द्रिय सदस्य दिपक गिरीका स्वकिय सचिव युवराज डाँगीले जानकारी दिनुभयो ।

यस्तै शरिरीरको पछाडी भागमा निलडाम रहेको खड्काले बताउनु भयो । घाइते भएका वडाअध्यक्ष डाँगी खतरामुक्त भएको तर वाहिरी शरिरीरमा चोट पुगेको उहाँले बताउनु भयो ।

मंगलबार साढे ११ बजे तिर ५/६ जनाको समूहमा आएका विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले वडा अध्यक्ष डाँगीलाई कुटपिट गरि सोही ठाउँमा पर्चा खसालेका थिए ।

घटनामा संलग्न भएको आशंकामा जिल्ला प्रहरी कार्यालय दाङले तिन जनालाई पक्राउ गरि अनुसन्धान गरी रहेको छ ।