२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

सर्पको टोकाईबाट ३ जना बिरामी, एक जना नेपालगञ्ज रिफर

सांकेतिक तस्बिर ।

शान्तिनगर, 
१७ असार । दाङमा विषालु सर्पको टोकाईबाट ३ जना बिरामी परेका छन् । बबई गाउँपालिका वडा नं. ४ हापुरे, आलेटोल बस्ने वर्ष ३७ का दिल बहादुर सोतीमगरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको भेरी अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ ।

उनलाई बुधबार बिहान साढे सात बजे धारामा पानी भर्न जाँदा सर्पले टोकेको थियो ।

त्यस्तै शान्तिनगर गाउँपालिका वडा नं. ६, गिधनिया बस्ने वर्ष ४२ की टीका वली र तुलसीपुर उपमहानगरपालिका वडा नं. २ भमके, एकता टोल बस्ने वर्ष २६ का हेमन्त राना बिरामी परेका छन् ।

उनीहरु दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । बिरामी मध्य वली सुती रहेको अवस्थामा र रानालाई खेतमा काम गर्ने क्रममा सर्पले टोकेको थियो ।