२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

घटनाको घोर निन्दा तथा भत्सना

दाङ,
१७ असार । दाङको शान्तिनगर गाउँपालिका वडा नं।.२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै भएको सांघातिक आक्रमणको नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ ले घोर आपत्ति तथा भत्सना गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी जनप्रनिधि माथि भएको यस्तो व्यवहार लोकतन्त्र माथिको आक्रमण भएकाले तत्काल पक्राउ गरी कानुनी दायरा ल्याई कारवाही गर्न नेपाल सरकासंग माग गरेको छ ।

क्षेत्र नं ३ क्षेत्रिय सभापति जगत वहादुर खड्का, (क) निर्वाचन क्षेत्रका सभापति घनश्याम ढाकाल र (ख) निर्वाचन क्षेत्रका सभापति खिम वहादुर ओलीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी हतोत्साही मनस्थितिले भएको आक्रमण निन्दनिय र भत्सना योग्य भएको जनाएका छन् ।

विज्ञप्तिमा यस्ता निन्दनिय र लोकतन्त्र माथिको प्रहार तत्काल रोक्न माग गरिएको छ । घटना स्थलमा विप्लव नेतृत्वको नेकपा शान्तिनगर कमिटिको पत्र भेटिएकाले सत्य तथ्य छानविन गर्न प्रशासनसंग माग गरिएको छ ।

साथै यस्ता प्रकारका गतिविधि नदोहो¥याउन सम्वन्धित पक्षलाई विज्ञप्ति मार्फत ध्यानार्षण गराइएको छ ।