२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

जंगली च्याउ खाँदा सल्यानमा एकैघरका ४ जना बिरामी

फाइल तस्वीर ।

सल्यान, 
१७ असार । जंगली च्याउ खाँदा शारदा नगरपालिका–२, डाँडागाउँका एकै घरका ४ जना बिरामी परेका छन् ।

प्रहरीका अनुसार ४० वर्षीय लक्ष्मण ओली, ४२ वर्षीया कमला ओली, २२ वर्षकी रामकला ओली र १९ वर्षीया लीला ओली बिरामी परेका हुन् ।

च्याउ खाएपछि उनीहरुमा चक्कर लाग्ने र बान्ता आउने लक्षण देखिएको थियो । बिरामी भएका चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

विषालु च्याउ खाएर उनीहरु बिरामी परेको अस्पतालका डा. भिमकान्त जैसीले बताए ।

मंगलबार दिउँसो जंगलबाट खोजेर ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए ।