२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

नेपालमा संक्रमितमध्ये २ हजार ६१ जना बालबालिका मात्रै

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

काठमाण्डौं,
१७ असार । नेपालमा बालबालिकामा कोरोना सर्ने क्रम बढेकोले सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ ।

आजसम्म १८ वर्षमुनिका दुई हजार ६१ जना बालबालिकामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा मात्रै नौ वर्षमुनिका एक सय ७५ जना बालबालिकामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्म १४ हजार ४६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार चार सय ८२ जनामा कोरोना पुष्टि भएको हो । अहिलेसम्म सङ्क्रमण पुष्टि भएकामध्ये एक हजार सात सय ७४ महिला र १२ हजार दुई सय ७२ जनामा कोरोना पुष्टि भएको हो ।

अहिले देशभरिका क्वरेणटीनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेशनमा नौ हजार तीन सय ६० जना उपचाररत छन् । बुधबारसम्म चार हजार ६ सय ५६ कोरोना सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

अछामको बयलवाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषको आज कोरोना रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।