२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

रोल्पामा दुबईबाट आएका युवाले होम क्वारेन्टिनमै गरे आत्महत्या

सांकेतिक तस्वीर ।

रोल्पा, 
१७ असार । होम क्वारेन्टिनमा बस्दै आएका रोल्पाका एक युवाले आत्महत्या गरेका छन्।

एक हप्ता पहिले दुबईबाट आएका गंगादेव गाउँपालिका वडा नम्वर ५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बताए।

एभान असार १० गते दुबईबाट आएपछि गाउँकै काका नाता पर्ने आफन्तको घरमा एक्लै क्वारेन्टिनमा बस्दै आएका थिए।

विद्यालयमा निर्मित नजिकको क्वारेन्टिन प्याक भएको हुँदा उनलाई परिवारको सल्लाहमा खाली घरमा एक्लै राखिएको थियो।

भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरु सँगै बस्न नमानेपछि एभानलाई खाली घरको होम क्वारेन्टिनमा राखिएको जानकारी आफूले पाएको डिएसपी गुरुङले बताए।

उनले मृतकको स्वाब संकलनको लागि स्वास्थ्यकर्मी र अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ पठाइ सकिएको जानकारी दिए।

डिएसपी गुरुङले स्वाबको रिपोर्ट आएपछि मात्रै एभानको अन्त्येष्टि गरिने बताएको खबर सेतोपाटीमा प्रकाशित छ ।