२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

प्रदेश ५ को उत्कृष्ट युवामैत्री स्थानीय तह तुलसीपुर

तुलसीपुर, 
१७ असार । तुलसीपुर प्रदेश ५ कै उत्कृष्ट युवामैत्री स्थानीय सरकारका रुपमा पुरस्कृत भएको छ ।

युवा लक्षित कार्यक्रमहरु प्रभावकारी ढँगले सञ्चालन गरेको भन्दै राष्ट्रिय युवा परिषद्ले पुरस्कृत गरेको हो । परिषद्ले सातै प्रदेशमा उत्कृष्ट काम गर्ने सातवटा स्थानीय सरकारलाई पुरस्कृत गरेको थियो । जसमध्ये प्रदेश पाँचबाट तुलसीपुरले उक्त पुरस्कार पाएको हो ।

परिषद्ले कार्यविधि वनाएर उत्कृष्ट काम गर्ने स्थानीय सरकारलाई सम्मान गर्दै आएको छ । युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद ५ लाख सहित पुरस्कृत गरिएको परिषद्ले विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

युवामैत्री कार्यक्रमलाई जोड दिएको भन्दै तुलसीपुरलाई पुरस्कृत गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।