२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

अर्घाखाँचीमा ८९ जनाले कोरोना जितेर घर फर्किए

फाइल तस्वीर ।

सन्धिखर्क, 
१८ असार । अर्घाखाँचीमा ८९ जनाले कोरोना जितेर घर फर्किएका छन् । आइसोलेसनमा बसेका ८९ जनाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र युवावर्ष रविचित्र मावि हटारीनेटामा रहेको आइसोलेसनबाट ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योती माविको आइसोलेसनमा रहेका ३८ जना गरी ८९ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

उनीहरुलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्ने सुझाव दिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । जिल्लामा तीन सय १२ जना कोरोना संक्रमित छन्।

कोरोनाबाट दुईजनाको मृत्यु भइसकेको छ ।

भारतबाट आएका ८ सय ५१ जना क्वारेन्टाइनमा बसेका छन्।