फाइल तस्वीर ।
बर्दिया,
१८ असार । बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका ४ घोरपिट्टा बस्ने ४५ वर्षीय मनिराम थारुको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।
आफ्नै खेतमा रहेको बिजुलीको पोलको नाङ्गो तारमासमाउन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।