२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुँदा ४ घाईते, एक गम्भीर

सांकेतिक तस्वीर ।

तुलसीपुर, 
१८ असार । तुलसीपुरमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्कीदा ४ जना घाईते भएका छन । घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट भमकेतर्फ आउँदै गरेको गरेको रा ५ प ८०९५ मोटरसाईकल र पश्चिमबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ५ प ६५२५ नम्बरको मोटरसाईकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठोक्कीदा रा ५ प ८०९५ मोटरसाईकल चालक तुलसीपुर– २ भमके निवासी ३० बर्षका गुरुप्रसाद चौधरी र पछाडी बसेका दुधेना निबासी ३२ बर्षका पुनाराम चौधरी, रा ५ प ६५२५ नम्बरको मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका–१ बगीया निबासी २० बर्षका शंकर परियार र पछाडी सवार शान्तिनगर गाउँपालिका–१ निवासी ४८ बर्षकी पवि डाँगी घाईते हुनु भएको हो ।

गम्भीर घाईते पविलाई तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र अन्य घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो ।