२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

नेपालमा कोराना संक्रमणबाट ४५ दिने शिशुको मृत्यु

प्रतीकात्मक तस्वीर ।

काठमाडौं, 
१८ असार । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् ४५ दिने शिशुको मृत्यु भएको छ।

ती शिशुमा कोरोना भाइरसको संक्रमण थियो। त्रिवि शिक्षण अस्पतालका निर्देशक रोहित पोखरेलका अनुसार बुधबार साँझ शिशुको मृत्यु भएको हो।

‘श्वासप्रश्वासमा समस्या भएपछि शिशुको मृत्यु भएको हो’, उनले भने।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ।

अहिलेसम्म ज्यान गुमाएकाहरू मध्ये उनी सबैभन्दा कम उमेरका संक्रमित हुन्।