२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

दोषिलाई कडा कारवाही गर्न शान्तिनगर कांग्रेसको माग

शान्तिनगर,
१८ असार । नेपाली कांग्रेस शान्तिनगरको बैठक बिहीवार बसेको छ । गाउँपालिकाका सहसभापति देविराज रिजालको अध्यक्षता र नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीको प्रमुख आथित्यमा बैठक बसेको हो ।

बैठकले वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै आक्रमणमा संलग्न सबै सातै जनालाई पक्राउ गर्न माग गरेको छ ।

बैठकका सहभागिहरुले तत्काल सबैलाई पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । नेपाली कांग्रेसले वडा कार्यकक्षमै वडाध्यक्ष डाँगी माथि भएको आक्रमणलाई कायरताको संज्ञा दिएको छ ।

मंगलवार विहान सवा ११ बजेतिर वडाध्यक्षमाथि कार्यक्रमक्षमै आक्रमण भएको थियो । जसको जिम्मा सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति मार्फत लिएको छ ।

उक्त घटनाको चौतर्फी निन्दा हुँदै आएको छ । घाइते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि मंगलवार दिउँसो नै हेलिकोप्टर मार्फट थप उपचरको लागि काठमाडौं लगेर उपचार भइरहेको छ ।