२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

अपडेट : मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते महिलाको मृत्यु

मृतक पवि डाँगी ।

तुलसीपुर, 
१८ असार । तुलसीपुरमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका ४ जनामध्ये गम्भीर एक महिलाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं पहरी निरीक्षक चक्र डमरपालका अनुसार शान्तिनगर गाउँपालिका–१ निवासी ४८ बर्षकी पवि डाँगीको मृत्यु भएको हो । गम्भीर घाईते पविलाई तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागी बाँकेको कोहलपुर पठाईएको थियो ।

डाँगीको उपचारको क्रममा दिउँसो कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मृत्यु भएको प्रवक्ता डमरपालले जानकारी दिए ।

अन्य घाईतेहरु डिस्चार्ज भएको र गुरु प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

बिहिबार तुलसीपुरबाट भमकेतर्फ आउँदै गरेको गरेको रा ५ प ८०९५ मोटरसाईकल र पश्चिमबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ५ प ६५२५ नम्बरको मोटरसाईकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठोक्कीदा रा ५ प ८०९५ मोटरसाईकल चालक तुलसीपुर– २ भमके निवासी ३० बर्षका गुरुप्रसाद चौधरी र पछाडी बसेका दुधेना निबासी ३२ बर्षका पुनाराम चौधरी, रा ५ प ६५२५ नम्बरको मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका–१ बगीया निबासी २० बर्षका शंकर परियार र पछाडी सवार शान्तिनगर गाउँपालिका–१ निवासी ४८ बर्षकी पवि डाँगी घाईते भएका थिए ।