फाइल तस्वीर ।
काठमाडौं,
१८ असार । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जना निको भएर डिस्चार्ज भएसँगै कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार तीन सय २० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म दुई लाख ३५ हजार सात सय जनामा कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै चार हजार पाँच सय ३५ जनाको पीसीआर विधिमार्फत परीक्षण भएको छ ।
यसैबीच सरकारले पीसीआर परीक्षणलाई बढाउन थप दुई वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुनेछ ।