२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

शान्तिनगरमा घर भत्किएर च्यापिदा एक महिला घाईते

फाइल तस्वीर ।

शान्तिनगर,
१९ असार । शान्तिनगरमा घर भत्कीएर च्यापिदा एक महिला घाईते भएकी छन् ।

आज शुक्रबार बिहानको साढे दुई बजे पुरानो घरको गारो भत्कीएर च्यापिदा शान्तिनगर गाउँपालिका–२ अमुवा निबासी ४० बर्षकी नरीमा बुढा सुनार घाईते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

घाईते नरिमाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

घर नजिकै रहेको खेतमा पानी लगाउने क्रममा पुरानो घरको गारो भत्कीएर च्यापेको थियो ।