२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

आक्रमण गर्नेलाई कारबाही गर्न सांसद देवकोटाको माग

दाङ, 
१९ असार । विप्लव माओवादी समूहले गरेको साङ्घातिक आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष फर्साराम डाँगीको स्वास्थ्य अवस्थाका वारेमा नेपाली काङग्रेस नेत्री तथा राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले जानकारी लिनु भएको छ ।

काठमाण्डौंको ह्याम्स हस्पिटलमा उपचारार्थ वडा अध्यक्ष डाँगीलाई नेत्री देवकोटाले भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

साथै उहाँले वडाअध्यक्ष माथि सांघातिक आक्रमण गर्ने दोषीको पहिचान गरी कडा भन्दा कडा कार्वाहीको माग गर्नु भएको छ ।

उहाँले यस्ता गल्ती कमजोरी भइरहे कांग्रेस पार्टी चुप लागि नबस्ने र प्रतिकारमा उत्रने चेतावनी समेत दिनुभयो ।