२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

चट्याङ लागेर प्यूठानमा २ जना घाईते

सांकेतिक तस्बिर।

प्यूठान, 
१९ असार । चट्याङ लागेर प्युठानको रजवारामा २ जना घाईते भएका छन ।

लगातारको झरी सँगै परेको चट्याङ लाग्दा गौमुखी गाउँपालिका वडा नं. ३ ढाड्खोली निवासी ४३ वर्षका कुल बहादुर सुनार र ३७ वर्षका लक्ष्मण सुनार घाईते भएका हुन।

घरमा सुतिरहेका उनिहरुलाइ शुक्रबार बिहान २ बजेको समयमा चट्याङ लागेको हो ।

घाईते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।