धनगढी,
१९ असार । खानेपानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका १ स्थित कालिका स्वास्थ्यचौकी नजिकै ट्याङ्करले ठक्कर दिँदा ३८ वर्षीय लोकेन सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
खानेपानी बोक्ने ट्याङ्करले मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।
घटनापछि आक्रोशित स्थानीयवासीले पानी ढुवानी गर्ने दुईवटा ट्याङ्करमा आगजनीसमेत गरेका छन् ।