२०७८ मङ्सिर ८ गते बुधवार
२०७८ मङ्सिर ८ गते बुधवार

फेसबुक लाइभमा आत्महत्या गरको भिडीयो फेसबुकले हटायो

सांकेतिक तस्वीर ।

तुलसीपुर, 
१९ असार । फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ शुक्रबार फेसबुकले हटाएको छ।

तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।

उनको त्यो भिडिओ हटाउन प्रहरीले फेसबुकलाई बिहीबार नै पत्राचार गरेको थियो।

घटनाको झन्डै ३५ घन्टापछि बल्ल शुक्रबार मध्यान्ह १२ बजेतिर उक्त भिडिओ फेसबुकले हटाएको छ। प्रहरीले उक्त भिडिओ हटाउन नसकेपछि त्यो हटाउनका लागि फेसबुकलाई पत्राचार गरेको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले उक्त भिडिओ हटाउनका लागि मोबाइल पसलमा पुगेर प्रयास गरे पनि त्यो सम्भव नभएपछि इप्रकाबाट साइबर क्राइम ब्यूरोलाई खबर गर्नुपरेको बताएका थिए।

प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लक खोल्न नसकेपछि भिडिओ हटाउन समय लागेको हो।

आत्महत्याको लाइभ भिडिओ लाखौंले हेरिसकेका थिए भने हजारौंले आफन्त कमेन्ट गरेका थिए। त्यसले अरू फेसबुक प्रयोगकर्तालाई नकारात्मक प्रभाव परेको भए पनि स्मार्ट प्रविधिका कारण प्रहरीले समयमै केही गर्न नसकेको उनले बताए।