२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

चिसापानीमा शवदाह गृह निर्माण

शान्तिनगर, 
१९ असार । शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाको सिमानामा पर्ने चिसापानी घाटमा शवदाह गृह निर्माण गरिएको छ ।

शान्तिनगर गाउँपालिका वडा नं. ५ को पाँच लाख लागतमा चिसापानीमा शवदाह गृह निर्माण गरिएको हो ।

मृत्यु भएका मानिसको शव जलाउनलाई आवश्यक पर्ने दाउरा सामुदायिक वनबाट जम्मा गरी राख्नलाई शवदाह गृह निर्माण गरिएको वडा अध्यक्ष गिरीराज बस्नेतले बताउनुभयो ।

साथै शवदाह गृह निर्माण भएपछि दाह–संस्कार गर्न आएका आफन्ती र मलामीलाई बर्षायाममा सहज हुने पनि वडा अध्यक्ष गिरीराज बस्नेतले बताउनुभयो ।

यस्तै शव दाह गृहलाई सुरक्षित राख्नलाई तटबन्धको पनि व्यवस्था गरिएको छ । सो ठाउँमा ५० पिस जाली जलाइएको छ ।

शान्तिनगर, बबई र दंगिशरणबाट दाह–संंस्कारका लागि शव चिसापानीमा ल्याउने गरीन्छ ।