२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

युवा नेता खत्रीद्धारा नि:शुल्क मास्क वितरण

दाङ,
१९ असार । नेपाल तरुण दल दाङका एक युबा नेताले कोरोना भाइरस रोकथामका लागि घर दैलोमा निःशुल्क मास्क वितरण गर्दै आउनु भएको छ ।

सामाजीक अभियानमा क्रियाशिल तरुण दल दाङका नेता बिरु खत्रीले विभिन्न ठाउँका घरमै गएर N95 नामक मास्क वितरण गर्दै आउनु भएको हो ।

उहाँ हिजोआज दिनहुँ जसो मास्क वितरणमा खटिनु भएको छ। आफ्नो ब्यक्तिगत पहलमा अहिले साथीभाइ, आफन्त, ईष्टमित्र, पार्टीका नेता, कार्यकर्तालाई निःशुल्क मास्क गर्दै आएको खत्रीले बताउनुभयो ।

अभियानमा उहाँले पत्रकारदेखि आफु भन्दा फरक मत राख्ने दलका नेतालाई पनि मास्क वितरण गर्नु भएको छ । कोरोनाको यो महामारीबाट बच्नका लागि आफु निःशुल्क मास्क वितरण गरेर सक्दो सहयोग गरेको उहाँले बताउनु भयो ।